तपाईँ सुन्दै हुनुहुन्छः

झापामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर, झापा । झापामा छुट्टाछुट्टै दुर्घटनामा परी बालकसहित दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार बुद्धशान्ति गाउँपालिका, वडा नं ५ गैरीस्गाउँमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँका २६ वर्षीय विकास कुमालको घटनास्थलमै मृत्यु भएको छ । 

ट्याक्टर र चालक ३४ वर्षीय चन्द्रबहादुर कुमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै, शुक्रबार साँझ नै भद्रपुर नगरपालिका ३ बस्ने सीतु सापकोटाका छोरा ११ वर्षीय ईश्वर सापकोटाको स्थानीय देउनियाँ खोलामा डुबेर मृत्यु भएको छ । 

नुहाउन जाँदा खोलामा डुबी बेपत्ता भएपछि सीमा प्रहरी चौकी पृथ्बीनगरबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजतलास गर्ने क्रममा खोलाको किनारमा ईश्वरलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button