पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्छु : मन्त्री कुँवर

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बताउनुभएको भएको छ ।
नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी कञ्चनपुरले बुधवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले पदमा रहुन्जेल उनीहरूको हितमा काम गर्ने बताउनुभएको हो ।
उहाँले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक रहेको बताउनु भएको छ । मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताउनु भयो । । जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उहाँको भनाई थियो ।

पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री कुँवरले इमान्दार र जिम्मेवार भएर काम गर्न सबै कार्यकर्तालाई अनुरोध समेत गर्नु भयो । अहिले रोजगारीका लागि थुप्रै समस्या भएको भन्दै उहाँले आफूले स्वदेशमै रोजगारी सृजना गर्न पहल गरिरहेको जानकारी गराउनु भयो ।
यसअघि आजै मन्त्री कुँवर अछाम सेवा समिति र उद्योग वाणिज्य सङ्घ कैलालीले आयोजना गरेको सम्मान तथा शुभकामना कार्यक्रममा सहभागी हुनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्