तपाईँ सुन्दै हुनुहुन्छः

खो खो राष्ट्रिय खेलाडीद्वय तालिमको लागि भारत प्रस्थान

काठमाडौँ । एशियन खो खो सङ्घ तथा भारतीय खो खो सङ्घको निमन्त्रणामा मङ्गलवार दुईजना खेलाडी भारत प्रस्थान गर्नुभएको छ । 

खो खो खेलाडीहरू राज कुस्मा र विकराल सिंह रतगैयालाई नेपाल खो खो संघका उपाध्यक्ष प्रदीप महर्जनले बिदाइ गर्नुभएको थियो । उहाँहरू भारतको पुणेमा साउन ३ गते तालिम सम्पन्न गरी ४ गते स्वदेश फर्कनुहुनेछ ।

यसैबीच, सोमबार कीर्तिपुरस्थित खो खो कभर्ड हलमा नेपाल खो खो संघका अध्यक्ष श्रीप्रसाद साहले तालिममा सहभागी हुने खेलाडीलाई जर्सी तथा ट्रयाकसुट वितरण गर्नुभएको थियो । सो तालिमले आगामी सेप्टेम्बरमा हुने चौंथौ एसियाली प्रतियोगितामा सहयोग पुग्ने खो खो सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button