तपाईँ सुन्दै हुनुहुन्छः

अछामको जनसङ्ख्या घट्दो क्रममा

अछाम । अछाम जिल्लामा पछिल्लो समय जनसङ्ख्या घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । २०६८ को जनगणना भन्दा २०७८ को जनगणना सर्वेक्षण अनुसार अछामको जनसङ्ख्या माइनस १ दशमलव शून्य नौ (–१.०९) प्रतिशतले घट्दो क्रममा रहेको पाइएको हो ।

अछाममा भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले २०६८ सालको जनगणनामा २ लाख ५८ हजारको हाराहारीमा जनसङ्ख्या थियो भने २०७८ सालको जनगणनामा अछामको जनसङ्ख्या घटेर २ लाख २८ हजारमा पुगेको जानकारी दिनुभयो ।

विशेष गरी जिल्लाबाट निरन्तरको बसाइसराइ, रोजगारीको सिलसिलामा पुरुषहरू विदेशमा हुनु, बच्चा जन्माउनेको सङ्ख्यामा कमी आउनु जनसङ्ख्या घट्नुका प्रमुख कारण रहेको उहाँको भनाइ छ । जनसङ्ख्या तथ्याङ्कमा घट्दो क्रममा भएपनि अछाममा अझै पनि परिवार नियोजनका साधन प्रयोगकर्ताको सङ्ख्या न्यून रहेको ढुङ्गानाले बताउनुभयो । आगामी दिनमा परिवार नियोजन भन्दा पनि योजनामा सबैले जोड दिँदै जानुपर्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button