तपाईँ सुन्दै हुनुहुन्छः

तीन राष्ट्रपतिबीच अर्को हप्ता भेटवार्ता हुने

मस्को।रुस, इरान र टर्कीका राष्ट्रपति बीच अर्को हप्ता भेटवार्ता हुने भएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, इरानका राष्ट्रपति इब्राहिम राइसी र टर्कीका रेसेप तयप एर्डोगानबीच भेटवार्ता हुने भएको हो ।

आगामी जुलाई १९ मा इरानको राजधानी तेहरानमा उहाँहरूका बीचमा भेटवार्ता हुने तय भएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ ।

इरान र टर्कीका समकक्षीसँग भेटवार्ता समेत हुनेगरि हुन लागेको रुसी राष्ट्रपतिको भ्रमणका लागि गृहकार्य भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।

भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले अन्य दुई समकक्षीसँग एक्ला एक्लै पनि भेटवार्ता गर्ने तयारी भएको क्रेमलिनको भनाई छ ।

उहाँहरूले आपसी सम्बन्ध तथा सहकार्यलाई बढाउदै लैजाने विषयमा केन्द्रित भएर छलफल गर्ने जनाइएको छ । त्यसैगरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विविध विषयमा पनि उहाँहरूले विचार आदान प्रदान गर्ने बताइएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button