तपाईँ सुन्दै हुनुहुन्छः

श्रमिकका मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्छु: मन्त्री कुँवर

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले जोखिम क्षेत्रमा काम गर्ने श्रमिकले उठाएका मागलाई सम्बोधन गर्ने गरी काम गर्ने बताउनुभएको छ ।

शनिबार नेपाल इलेक्ट्रिसियन सङ्घको कार्यक्रममा उहाँले इलेक्ट्रिसियन क्षेत्र धेरै जोखिम हुने क्षेत्र भएकाले त्यहाँका श्रमिकका माग सम्बोधन हुने गरी काम गर्ने बताउनुभयो ।

उहाँले आफु सधैँ श्रमिकको न्यायको पक्षमा भएकाले उनीहरूका समस्या, पिडा र सुरक्षाका लागि सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।

इलेक्ट्रिसियन क्षेत्रमा काम गर्ने व्यक्तिहरूको प्रतिष्ठा समाजमा जुन रुपमा हुनुपर्ने हो सो नभएको भन्दै मन्त्री कुँवरले समाजले गर्ने व्यवहार परिवर्तनका लागि पनि पहल गर्ने बताउनुभयो ।

२०६४ सालमा स्थापना भएको सङ्घले स्वदेश तथा विदेशमा काम गर्ने सम्पुर्ण ईलेक्ट्रिसियनलाई सहयोग तथा तालिमको व्यवस्था गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button