तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीमा पानीको सतह बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

नेपालगन्ज  । बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेको छ । 

राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । बाढी मापन केन्द्र कुसुमका अनुसार आज दिउँसो १ः५० बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ५४५ सेन्टिमिटर पुगेको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पानीको सतह बढ्दै गएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभयो ।

नदीमा बाढी बढेकाले माछा तथा बगेर आएका काठ दाउरा छोप्न नदीमा पस्ने काम नगर्न बाँके प्रशासनले आग्रह गरेको छ । 

कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ ।

राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button