बरहथवामा विभिन्न जातको १ हजार बिरुवा रोपिँदै

बरहथवा । सर्लाहीको बरहथवा नगरपालिका र डिभिजन वन कार्यालय सर्लाहीले आजबाट वृक्षारोपण कार्यको थालनी गरेको छ ।
नयाँ रोड वरहथवा सडक खण्डको मुर्रियादेखि बरहथवा बजारसम्मको करिब तीन किलोमिटर सडकको दुवैतिर विभिन्न जातको एक हजार बिरुवा रोपिने डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मंजुर आलमले जानकारी दिनुभयो ।
बरहथवा नगरपालिका मेयर कल्पना कटुवालले आज वृक्षारोपण कार्यको थालनी गर्नुभएको हो ।
डिभिजन वन कार्यालयले उपलब्ध गराएको गुलमोर, कल्की, अशोक, निमलगायत वातावरणमैत्री जातका बिरुवा रोपिने सहायक वन अधिकृत सिपी यादवले जानकारी दिनुभयो ।
नगरपालिकाले अन्य सार्वजनिक ऐलानी र सडकको दायाँबायाँ क्रमशः वृक्षारोपण गर्दै जाने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्