तपाईँ सुन्दै हुनुहुन्छः

आबेको निधनप्रति सरकारद्वारा दुःख व्यक्त

File Photo

काठमाडौँ ।सरकारले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ ।

नेपाल सरकारले उहाँको परिवार, जापान सरकार र जापानी जनताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । गृह मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गरी उहाँको निधनमा शनिबार राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button