तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा नगरपालिकाद्वारा फिल्टर र पानी ट्याङ्की वितरण

रोल्पा । रोल्पा नगरपालिकाले नगरपालिका भित्र छनौट भएका ५ विद्यालय र ३ स्वास्थ्य संस्थालाई स्टिलको पानी ट्याङ्की र विद्युतीय फिल्टर वितरण गरेको छ ।

उक्त सामाग्री नगर प्रमुख सुरेन्द्र थापा घर्तीले शुक्रवार हस्तान्तरण गर्नुभएको हो ।

बालकल्याण नमुना मावि, कोटगाउँ मावि, बालउदय मावि, तारा मावि र राष्ट्रिय मावि गरी ५ वटा विद्यालय साथै घापा स्वास्थ्य केन्द्र, जेदबाङ स्वास्थ्य चौकी, कोटगाउँ स्वास्थ्य चौकी गरी ३ वटा स्वास्थ्य संस्थाहरूलाई पानी ट्याङ्की र फिल्टर वितरण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button