मधेश प्रदेशमा कोरोनाका सक्रिय संक्रमित बढ्दै
जनकपुरधाम । मधेश प्रदेश जिल्लाहरूमा कोरोना संक्रमण दरमा पुनः वृद्धि भएको छ । एक साता अगाडि शून्यमा कोरोना संक्रमित पुगेकोमा अहिले आएर सङ्क्रमितको सङ्ख्या दोहोरो अङ्कमा पुगेको छ ।
कोरोनाको सक्रिय संक्रमित मधेश प्रदेशमा ११ जना रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा बढी कोरोनाका सक्रिय संक्रमित धनुषामा रहेको छ ।
धनुषा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ पुगेको स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो । यसैगरि महोत्तरी जिल्लामा २ जना, सिरहामा १ तथा बारामा १ जना गरेर ११ जना कोरोनाका सक्रिय सङ्क्रमितले होम आइसोलेसनमा रहेर उपचार गराई रहेका छन् ।
अहिले जता जतै भिड रहेको र मास्क लगाउने सहितका स्वास्थ्य मापदण्डको पालना गर्नेहरूको सङ्ख्या न्यून रहेका कारणले सङ्क्रमणको दरमा वृद्धि हुन थालेको छ । अहिले भारत सहित काठमाडौँमा पनि सङ्क्रमितको सङ्ख्या बढेकाले मधेश प्रदेश कोरोनाको उच्च जोखिममा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्