तपाईँ सुन्दै हुनुहुन्छः

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार 

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे माथि गोली प्रहार भएको छ । 

गोली प्रहार पछि पूर्व प्रधानमनत्री आबेको अवस्था गम्भीर भएको बिबिसीले जनाएको छ । 

जापानी शहर नारामा एक मन्तव्य दिनेक्रममा आबे माथि पछाडिबाट गोली प्रहार भएको त्यहाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । आबेले भाषण गरिरहेका बेला दुई पटक गोली पड्किएको आवाज सुनिएको एनएचकेका सम्वाददाताले उल्लेख गरेका छन् ।

गोली लागेर गम्भीर घाइते भएकाआबेलाई  नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उहाँको अवस्था गम्भीर छ । गोली प्रहार गर्ने शङ्कास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

जापानको क्योडो न्यूजले आबे होसमा नभएको उल्लेख गरेको छ । आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाड्नुभएको थियो । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उहाँ अझै पनि प्रभावशाली नेताको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button