रुसलाई युद्ध मैदानमा पराजय गरेर देखाउन युक्रेन र पश्चिमा राष्ट्रहरूलाई रुसी राष्ट्रपति पुटिनको चुनौती

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले अझै पूर्णरुपमा युक्रेनमा सैन्य कारबाही नगरेको र गर्नै परेको खण्डमा अझ विषम परिस्थिति सृजना हुने चेतावनी दिनु भएको छ ।
रुसी सांसदहरूलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पुटिनले रुसलाई युद्ध मैदानमा पराजय गरेर देखाउन युक्रेन र पश्चिमा राष्ट्रहरूलाई चुनौती दिनु भएको अलजजिराले जनाएको छ ।
यसैबीच रुसले युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएको छ ।
युक्रेनी सहर खारकिभममा भएको रकेट आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु हुनका साथै थप ५ जना गम्भीर घाइते भएका अलजजिराले उल्लेख गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्