तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : यस्तो छ आजको सम्भावित कार्यसूची 

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्ने भएको छ ।बैठक दिउँसो २ बजे  संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने  छ ।

संसद सचिवालयले जनाए अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन’ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।

सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले आजै ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

आजको संभावित कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।भाको बैठक आज (शुक्रबार) बस्ने भएको छ ।बैठक दिउँसो २ बजे  संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने  छ ।

संसद् सचिवालयले जनाए अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन’ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।

सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले आजै ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

आजको सम्भावित कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button