तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालको भ्याङ्गमुनि बेवारिसे शिशु भेटियो 

चितवन  । भरतपुर अस्पतालमा बेवारिसे शिशु फेला परेको छ । 

अस्पतालको सि ब्लकको भर्‍याङमुनि अन्दाजी दुई दिनको शिशु (छोरी) बेवारिसे अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३० बजेको समयमा उक्त शिशु फेला परेको हो ।

शिशुको अवस्था सामान्य रहेको र अस्पतालको एनआईसियुमा राखेर उपचार भइरहेको छ । शिशुलाई कसले छोडेको भन्नेबारे खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button