तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने भएको छ । 

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार विशेष कारणवश तोकिएको समयमा प्रतिनिधिसभाको बैठक बस्न नसक्ने भएकाले २ बजे बस्नेगरी तय भएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले बैठकको समय निर्धारण गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button