नारायणी अस्पतालको ल्याबमा समस्या हुँदा बिरामी प्रभावित
वीरगञ्ज । विपन्न बिरामीहरूको उपचारको केन्द्र बनेको नारायणी अस्पतालको ल्याबमा समस्या हुँदा रगत, दिशा पिसाब लगायत विभिन्न रोगको चेकजाँचका लागि लिइने नमुना परिक्षणमा ढिलाइ हुँदा बिरामीहरू प्रभावित भएका छन् ।
अस्पतालमा बिरामीहरूले टेस्टको लागी दिने रगतको रिपोर्ट समयमा नपाउँदा दिनहुँ सयौँ बिरामीहरूले सास्ती भोग्दै आएका छन् ।

लगातार ज्वरो आएपछि नारायणी अस्पतालमा रगत परीक्षणका लागि आएका धोबिनीका एक बिरामीले परीक्षणका लागि सोमबार रगत दिएर गएको भए पनि अस्पतालले समयमा परिक्षण नगर्दा रगत जमेको कारण टेस्ट हुन नसकेको भन्दै पुनः आज रगत दिन निर्देशन दिएको पीडितले बताएका छन् ।
यो घटना एउटा उदाहरण भएको र नारायणी अस्पतालमा अहिले सयौँ बिरामीहरूले यस्तै समस्या भोग्दै आएका छन् ।
निजी अस्पतालहरूमा चर्को शुल्कका कारण नारायणी अस्पतालमा उपचारका लागि आउँदा ३ देखि ५ दिनसम्म रिपोर्ट आउन लाग्ने गरेको हुँदा विशेष गरी ग्रामीण क्षेत्रबाट आउने बिरामी प्रभावित भएका छन् ।
यस विषयमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र बहादुर प्रधानले अत्यधिक गर्मी बढेको कारण नारायणी अस्पतालमा बिरामीको चाप थामिनसक्नु भएको र बिरामीको परीक्षणको चाप पनि बढ्दा रिपोर्ट आउन ढिलाइ भएको बताउनुभयो ।
उहाँले अस्पतालमा परीक्षणका लागि रगत राख्ने साधनको कमी हुँदा समस्या देखिएको समेत खुलासा गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्