तपाईँ सुन्दै हुनुहुन्छः

वर्षभरिमा ८ सय ४१ फरार अभियुक्त पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षमा ८४१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

विभिन्न अपराधका घटनामा फरार अपराधी र अभियुक्तहरूलाई पक्राउ गर्ने अभियान जारी राखेको प्रहरीले साउनदेखि हालसम्ममा ८४१ जना फरार अभियुक्तलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूबाट कैद–१८२ वर्ष ८ महिना ०५ दिन र जरिवाना एक करोड १४ लाख ३६ हजार ५२० रुपियाँ असुल दाखिला गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

सुनसरी प्रहरीले चालु आर्थिक वर्षमा विभिन्न अपराध गरेर फरार रहेका प्रतिवादीका विरुद्ध पक्राउ अर्थात् फैसला कार्यान्वयनलाई विशेष महत्त्वका साथ अभियानका रुपमा सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button