राष्ट्रपतिद्वारा दुई देशका लागि राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय राजदूत र संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्