दुई घण्टामा ८ हजार तेजपातको बिरुवा रोपियो

पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ मा रहेको पाखुरे सामुदायिक बनमा दुई घण्टाको अवधिमा ८ हजार तेजपातको बिरुवा रोपिएको छ ।
पाखुरे सामुदायिक वन उपभोक्ता समूह रैनादेबी छहरा,ऐसेलुगैरा ब्लक डिभिजन वन कार्यालय पाल्पा र पाखुरे सामुदायिक वन उपभोक्ता समूह रैनादेबी छहरा–४ पाल्पाको संयुक्त आयोजनामा उक्त बिरुवा रोपिएको हो ।
तेजपात रोपण महाअभियानमा डिभिजन वन अधिकृत दिपक ज्ञवालीले वृक्ष रोप्ने तरिकाको बारेमा उपभोक्ताहरूलाई प्रशिक्षण दिनुभयो ।
समृद्धिको लागी सन्देश प्रवाह गर्दै करिब २ घण्टामा ८ हजार बिरुवा रोप्ने काम चुनौती पूर्ण रहेपनि सबैको प्रयासले सम्भव भएको अधिकृत ज्ञवालीले बताउनुभयो । पाखुरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नल बहादुर रानाले खेर गइरहेको जग्गामा आम्दानी दिन सक्ने तेजपत्ता लगाइएकाले यस क्षेत्रका नागरिकहरूले आगामी दिनमा राम्रो आम्दानी लिन सक्ने धारणा राख्नुभयो ।
स्थानीय २ सय ५० उपभोक्ताहरूको उपस्थितिमा ८ हजार बिरुवा रोपिएको हो । रिब्दीकोट सब डिभिजन वन कार्यालयका प्रमुख उपेन्द्र अर्यालेले पोहोर १२.७८ हेक्टर तथा यस वर्ष ८ हेक्टर गरी २० हेक्टर क्षेत्रफल भन्दा बढीमा वृहत् तेजपात रोपण गरी समृद्धिमा योगदान गर्ने उद्देश्यले पाखुरे सामुदायिक वन उपभोक्ता समूहले तेजपातको नमुना तथा पकेट सामुदायिक वनको रुपमा उदाहरण बनेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्