तराखोलाको माझखर्कमा पहिरोले घर गोठमा क्षति
बागलुङ । अविरल वर्षाका कारण गएको पहिरोले बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर १ माझखर्कमा एक घर र गोठमा क्षति पुर्याएको छ ।
वर्षासँगै गएको पहिरोले माझखर्कस्थित दन्ठुमा एक घर र गोठमा क्षति पुर्याएको हो ।
घर माथिबाट पहिरो जाँदा स्थानीय रामबहादुर क्षेत्रीको घर र गोठमा क्षति पुर्याएको ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकली रोका पुनले जानकारी दिनुभयो ।
पहिरोले घरमा क्षति पुर्याउँदा अधिकांश समाग्रीहरु झिक्न नसकेको र मोबाइलसहित विभिन्न अत्यावश्यक सामानहरू पहिरोले पुरेको उहाँले बताउनुभयो ।
पहिरोको कारण स्थानीय चित्रबहादुर क्षेत्रीको घर र अमर भूमि स्वास्थ्य चौकीको भवन जोखिममा परेको उहाँले जानकारी दिनुभयो ।
बर्षाका कारण गएको पहिरोले बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा पनि एक घरमा क्षति पुर्याएको छ भने जिल्लाका विभिन्न स्थानमा सडक अवरुद्ध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्