ट्रकको ठक्करबाट झापामा एक जनाको मृत्यु
भद्रपुर, झापा । झापाको दमकमा दुर्घटनामा परी एक जना सहकारी कर्मचारीको मृत्यु भएको छ ।
दमकस्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दीपक नेपालको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल ४ चुलाचुली मोडमा गए राति ट्रकको ठक्करबाट घाइते दमक ९ का अन्दाजी ३६ वर्षीय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरीत दिशामा रहेको प्र १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नेपालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्