तपाईँ सुन्दै हुनुहुन्छः

त्रिपुरासुन्दरीमा निःशुल्क एम्बुलेन्स सुरु

जाजरकोट। त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले रु १६ लाख लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख जनचन्द्र रोकायाले त्रिपुरासुन्दरीसहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताउनुभयो । त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूलीभेरी नदीमाथि राखिएको बेलीब्रिज पनि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button