तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्रिय आवश्यकतालाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वाग्रह नराखी राष्ट्रिय आवश्यकतालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । 

पाटी कार्यालय पेरिस डाँडा कोटेश्वरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले यसअघि माओवादीबाट अलग भएका नेताहरूले आत्मसमिक्षा गर्नुपर्ने भन्दै देशको राष्ट्रिय एकता र स्वाधीनताको रक्षा गर्न तथा जनतालाई विकास र समृद्धिको नयाँ यात्रामा नेतृत्व दिने दायित्वबाट आफूहरू पछि हट्न नहुने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले गल्तीहरूको आत्मसमिक्षा आफूले आठौँ महाधिवेशनमा गरेको भन्नुहुँदै सबैले आफ्ना कमजोरी स्वीकार्ने आँट गरी समाजवादको आधार निर्माण गर्न एकसाथ अघि बढ्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button