ताराखोलामा विषालु च्याउ खाँदा एकै घरका चार जना बिरामी
बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा ४ जना बिरामी परेका छन् ।
पहिचान नखुलेको विषालु च्याउ खादा ताराखोला गाउँपालिका–५ माटेविसौनाका एकै घरका मन कुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती र पाहुना बसेका म्याग्दी रुम घर भएका रविन रोका बिरामी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
बिरामी सबैको गलकोट नगरपालिकास्थित गलकोट इमरजेन्सी पोलिकिल्निक हटियामा उपचार भइरहेको उहाँले बताउनुभयो ।
मङ्गलवार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी परेपछि उनीहरूलाई आज बिहान ३ः०० बजे उपचारको लागि हटिया ल्याइएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिकले बताउनुभयो । उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्