तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महत्त्वको विषयमा सरकारले प्रतिपक्षी दलसँग छलफल तथा परामर्श गर्नुपर्छ : अध्यक्ष ओली

File photo

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँग भरपर्दो र विश्वसनीय नीति तथा व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको छ । 

काठमाडौँमा आज आयोजित पूर्वराजदूत समूहसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले कुनै पनि राष्ट्रिय महत्त्वको विषयमा सरकारले प्रतिपक्षी दलसँग छलफल तथा परामर्श गर्नुपर्ने भन्नुहुँदै नेपालको राष्ट्रिय एकता अझै पनि सुदृढ रहेको बताउनुभयो । 

जनसङ्ख्यामा कुनै देश सानो वा ठूलो भए पनि सार्वभौमसत्ता सबैको समान हुने अध्यक्ष ओलीले उल्लेख गर्नुभयो । 

उहाँले, वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर राख्नुपर्ने र अन्तर्राष्ट्रिय मामिलामा सरकारले  प्रतिपक्ष दलसँगको संवाद गर्नुपर्ने सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button