तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि सवार जिल्लाको छत्रेश्वरी गाउँपालिका २ दहखोलाका ६० वर्षीय टुल्क बहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका २ लाखुरीबोटमा रा २ प ४५९२ नम्बरको मोटरसाइकलबाट लडेर गम्भीर घाइते खत्रीको आज दिउँसो मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

अनियन्त्रित भएको मोटरसाइकल सडकबाट झन्डै २ मिटर तल खसेको छ । मोटरसाइकल चालक सोही ठाउँका डिल्ली वली नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button