डुम्रे–बेँसीशहर सडकखण्ड १२ घण्टापछि सञ्चालनमा
तनहुँ । भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खोलामा राखिएको ह्युमपाइप बाढीले बगाएपछि अवरुद्ध बनेको डुम्रे– बेँसीशहर सडकखण्ड झण्डै १२ घण्टापछि सञ्चालनमा आएको छ ।
अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले तीन ह्युमपाइप बगाएपछि बिहानदेखि अवरुद्ध भएको उक्त सडकखण्ड दुई वटा ह्युमपाइप राखेपछि पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो ।
अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
पृथ्वी राजमार्ग सडकखण्ड अन्तरगत तनहुँको बन्दिपुर–५ याम्पामा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग पुनःसञ्चालनमा आएको छ । पहिरो खस्दा करिब दुई घण्टा उक्त सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाइए पनि बेलाबेलामा पहिरो खस्ने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्