अवरुद्ध सिस्नेरी सडकखण्ड सञ्चालन
मकवानपुर । पहिराका कारण अवरुद्ध सिस्नेरी सडकखण्ड आजदेखि पुनः यातायात सञ्चालनमा आएको छ । केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग पर्ने सिस्नेरी सडकखण्डमा आजदेखि यातायात पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भन्ज्याङमा गत मङ्गलबार खसेको पहिराका कारण यातायात अवरुद्ध भएको थियो । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्