तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता

File Photo

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच समसामयिक विषयमा आज छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । 

बैठकमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषय, प्रधानमन्त्रीको प्रस्तावित अमेरिका भ्रमण र मन्त्रीमण्डल पुनर्गठन लगायतका विषयमा छलफल भएको नेताहरूले बताउनुभयो । 

बैठकमा एसपीपीका बारेमा सर्वदलीय बैठक बोलाएर त्यसको यथार्थ बुझ्ने र जनतालाई त्यसबारेमा जानकारी गराउने विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button