जुत्ताको मोजाभित्र लुकाएको सुनको गहनासहित एक जना पक्राउ
रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय २२ ग्राम सुनको गहनासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाल्पा राम्दिकोट वडा नम्बर १ का ३४ वर्षीय राजेन्द्र कामी रहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख तीर्थराज पासवानका अनुसार कामीले लगाएको जुत्ताको मोजाभित्र ३ थान सुनको सिक्री र १ थान ब्रासलेट गरी ९ लाख ९० हजार रुपैयाँ बराबरको १ सय २२ ग्राम सुन बरामद भएको हो ।
उनी कतारबाट ट्रान्जिट भएर कुवेत हुँदै बिहान ६ बजे भैरहवा आइपुगेको जजिरा एयरलाइन्सको उडान सङ्ख्या जे ९, ९४५ बाट आएका हुन् । उनलाई बिहान ८ बजे भन्सारको वाकथ्रु मेसिनमा चेकजाँच गर्दा उनलाई सुनसहित पक्राउ गरिएको निमित्त प्रमुख पासवानले बताउनुभयो ।
पक्राउ परेका कामीलाई स्वास्थ्य परिक्षण गराइ शनिबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने र आइतबार भन्सार कार्यालयले नै बुझी थप कार्यवाही अगाडि बढाउने पासवानले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्