तपाईँ सुन्दै हुनुहुन्छः

सुशीला कोइरालाको योगदानबारे चर्चा

काठमाडौँ । जननायक बिपी कोइरालालाई राजनीतिक रुपमा सफल बनाउन उहाँकी धर्मपत्नी सुशीलाको महत्त्वपूर्ण भूमिका रहेको जानकारहरूले बताउनुभएको छ । 

सुशीला कोइराला स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको १५ औँ स्मृति दिवसका वक्ताहरूले नेता कोइरालाका सबै राजनीतिक चरणमा सुशीलाले साथ दिएकाले नै बिपी महामानव बन्न सफल हुनुभएको बताउनुभयो । 

सो अवसरमा अधिवक्ता अशोक उप्रेती र पुण्यप्रसाद अर्याल तथा पत्रकार कविर राणा र श्याम रिमालले श्रीमती कोइरालाको योगदानलाई चिरस्थायी बनाउन संस्थागत ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उहाँका स्मृतिमा नाट्य प्रतिष्ठान स्थापना गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै श्रीमती कोइरालाकी भाइ बुहारी कमला शर्मा र अधिवक्ता शान्ता पन्तले तौलिहवा माइती हुनुभएका बहुगुणी सुशीलाले घर व्यवहारसमेत सम्हालेर बिपीका हरेक कदममा साथ दिनुभएको बताउनुभयो । 

श्रीमती कोइरालाको योगदानबारे आगामी दिनमा विदेशमा समेत प्रचारप्रसार गरिने जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button