तपाईँ सुन्दै हुनुहुन्छः

जिसस रोल्पामा समावेशी नेतृत्व 

रोल्पा । जिल्ला समन्वय समिति रोल्पामा नेतृत्व समावेशी बनाउने प्रयास गरिएको छ  । जिल्ला समन्वय समितिको प्रमुखमा सिता आचार्य र उपप्रमुखमा कर्मलाल परियारले यस पटक नेतृत्व गरिरहनुभएको छ । 

सिता आचार्यले महिलाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ भने कर्मलाल परियारले दलित समुदायको तर्फ बाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । त्यसैगरी सदस्यहरूमा  सुरज माइला,  केवल घर्ती,  मिना सुनार, जितकुमारी विक,  निलम सुनार,  शेरबहादुर पुन र  सर्मिला पुन मगर रहनुभएको छ  । 

१० वटा स्थानीय तह रहेको रोल्पामा जिल्ला समन्वय समितिको मुख्य पदमा महिला र दलित समुदायबाट नेतृत्वमा आउने अवसर यस पटकको निर्वाचनमा मिलेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button