तपाईँ सुन्दै हुनुहुन्छः

टेकु अस्पतालमा हैजाका बिरामी भर्ना


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हैजाका बिरामी भर्ना भएका छन् ।

काठमाडौं मोडल अस्पतालले बिरामीको ल्याब परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया भेटिएका बिरामीलाई सो अस्पतालमा रिर्फर गरेको अस्पतालका टेकु अस्पतलाका सूचना अधिकारी नवराज गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार काठमाडौं मोडेल अस्पतालले बिहीबार दुई जना बिरामी एक जनामा हैजा पृष्टि भएर र अर्कोलाई हैलाको लक्षण देखिएकाले हैजा भएको शंका लागेर सो अस्पतालमा रिर्फर गरेको हो ।

गौतमका भन्नुहुन्छ, मोडेलअस्पतालले आज दुईजना बिरामी रिर्फर गरेको छ । एक जना हैजा पृष्टि भएको र अर्को शंकास्पद बिरामी । दुवैलाई हैजाका लक्षण भएकाले सल्लाइन दिएर उपचार हुँदैछ ।

एक जनाको हैजा भए नभएको अझै पृष्टि नभएको गौतम जानकारी दिनुभयो । अस्पतालमा पछिल्लो केही दिनदेखि झाडापखालाका बिरामी बढ्दै गएको गौतम बताउनु हुन्छ ।

आज मात्र १५ जना झाडापखालाका बिरामी सो अस्पतालमा आएको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खानाबाट सर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button