राष्ट्रपतिसमक्ष विभिन्न चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा चिलिका गैर आवासीय राजदूत जुवान रोनाल्डो अङगोलो मन्साल्भे, जमैकाका गैर आवासीय राजदूत जसन किट्स मैथ्युहल, इन्डोनेसियाका गैर आवासीय राजदूत हेरु हर्टान्टो सुबो, र स्पेनका गैर आवासीय राजदूत जोस् मारिया रिडाओ डोमेन्गोजले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
समारोहमा परराष्ट्र मन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।





तस्बिर : सुनिल बज्राचार्य (राष्ट्रपति कार्यालय)








प्रतिक्रिया राख्नुहोस्