तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा गंगादशहरामा मेला, महागंगाआरती नवौँ वर्षमा प्रवेश 

जनकपुरधाम । जनकपुरधाममा शुरु भएको महागंगाआरती आजबाट नवौँ वर्षमा प्रवेश गरेको छ । प्रदेश सभाका सदस्य तथा स्वच्छता अभियानी रामअशिष यादव सहितका कैयन व्यक्तिको सहभागितामा शुरु भएको महागंगाआरती हिजो ८ वर्ष पुरा गरेर आज देखि नवौँ वर्षमा प्रवेश गरेको छ ।

महागंगाआरतीको अवसरमा समितिले तीन दिने विविध कार्यक्रमहरूको आयोजना गरिरहेको छ । २४ गते वृक्षारोपण, २५ गते बृहत् सरसफाइ तथा २६ गते गंगादशहराको अवसरमा भव्य समारोहको आयोजना गर्ने तयारी भएको महागंगाआरति व्यवस्थापन समितिका अध्यक्ष एवं अधिवक्ता राजकुमार महासेठले जानकारी दिनु भएको छ । 

जनकपुरधामको विभिन्न पोखरीहरूको सरसफाइ तथा सौन्दर्यीकरणको क्रममा गंगाआरतीको विचार भएर शुरु भएको महागंगाआरति जनकपुरधाम आउने सबै पर्यटकहरूको लागि आकर्षणको केन्द्र बनेको छ । यसका साथै जनकपुरधामको गंगासागर पोखरीको कायापलट पनि भएको छ । पोखरीको सरसफाइ तथा सौन्दर्यीकरणको काम भएको छ ।

महागंगाआरति जनकपुरधाममा शुरु भएपछि अहिले यसको सिको गरेर देशका अन्य भूभागहरूको पनि विभिन्न नाउँबाट आरती शुरु भएको छ । जनकपुरधामको महागंगाआरतिमा सहभागी हुनका लागि मधेशी आयोगका अध्यक्ष विजय दत्त जनकपुरधाम आउनु भएको छ । 

महागंगाआरतिको शुरुआत गर्ने मध्ये एक जना अभियानीका रुपमा मधेशी आयोगका अध्यक्ष दत्त रहेका छन् ।

जनकपुरधामको दशरथ तलाउमा दशहरा पर्वको अवसरमा धार्मिक मेला लागेको छ  । गंगादशहराका दिन दशरथ तलाउमा स्नान तथा ध्यान गर्नाले विशेष फल प्राप्त हुने जनविश्वास रहेकाले बिहान देखि नै स्नान गर्नेहरूको भिड रहेको छ । 

यसका साथै गंगादशहरामा दशरथ तलाउमा स्नानपछि आँप चुरा तथा दही खाने चलन पनि रहेको छ । अभियानीहरुले  सो कार्यको शुभारम्भ गरेकोमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button