तपाईँ सुन्दै हुनुहुन्छः

‘शान्ति सुरक्षाका क्षेत्रमा बिसीको भूमिका महत्त्वपूर्ण’

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार काकीले प्रदेश १ प्रदेश प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसीले आफ्नो कार्यकालमा शान्ति सुरक्षाका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउनुभएको छ ।

प्रहरी नायव महानिरीक्षक(डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा हुनुभएका बिसीलाई बिदाइ तथा बधाई ज्ञापन गर्दै मन्त्री कार्कीले प्रहरीसँगै सहकार्य गरेर काम गरेको बताउनुभयो ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले केन्द्रमा रहँदा पनि यहाँका जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गर्दै प्रहरी समायोजनमा सहजीकरण गर्न आग्रह गर्नुभयो ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बिसी, सशस्त्र प्रहरीका एकसहित ६ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

२०४९ साल चैत्र ११ गतेदेखि नेपाल प्रहरी सेवामा लाग्नुभएका बिसीले गत असार १६ग गतेदेखि प्रदेश नं १ प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी समाल्नुभएको थियो । प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा प्रदेश सरकारले गरेको सहयोगप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

सोही अवसरमा प्रदेश सुरक्षा समितिको बैठक पनि बसेको छ । मन्त्री कार्कीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा खटिएका सुरक्षाकर्मी सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद दिनुका साथै वर्षातको समयमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै त्यसको पूर्व तयारीमा जुट्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button