तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुरुङ्गा नगरपालिका ३ का ६८ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ना ६ ख ६३९९ नम्बरको ट्रकले चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रकका चालक र ट्रक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक चौधरी नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य तथा स्थानीय तह चुनावमा सुरुङ्गा नगरपालिकाको मेयर पदमा उम्मेदवार थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button