तपाईँ सुन्दै हुनुहुन्छः

बाराको विश्रामपुर गाउँपालिकामा २४ घण्टे बर्थिङ्ग सेन्टर सञ्चालनमा

बारा  । बाराको विश्रामपुर गाउँपालिकामा २४ घण्टे बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । 

एक कार्यक्रमकाबिच  नव निर्वाचित गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुट्टोले २४ घण्टे बर्थिङ्ग सेन्टरको उद्घाटन गर्नुभएको हो । 

विश्रामपुर स्वास्थ्य चौकीमा सञ्चालनमा आएको बर्थिङ्ग सेन्टरमा गाउँपालिका अध्यक्ष भुट्टोले बर्थिङ्ग सेन्टरमा जन्मिने पहिलो बच्चालाई नगद रु २५ हजार प्रोत्साहन स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

जनताको स्वास्थ्यलाई मध्यनजर गरी बारा र पर्सा जिल्लाका लागि गाउँपालिका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने गाउँपालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button