सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुर । हेटौँडामा शुक्रवार दिउँसो सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग स्थित हेटौँडा–३ तिनताप्केमा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मनहरिबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको कुखुरा बोक्ने कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा गाडीका चालक हेटौँडा–६ चौघडा घर भएका ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्