तपाईँ सुन्दै हुनुहुन्छः

इटहरी उपमहानगरपालिकालाई ९५ करोड बढीको बजेट

सुनसरी । सङ्घीय सरकारले हालै सार्वजनिक गरेको बजेटमा सुनसरीका १२ स्थानीय तहमध्ये इटहरी उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८०को लागि सङ्घीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत इटहरीलाई ९५ करोड २३ लाख रुपैयाँ छुट्टाएको छ ।

त्यसपछि धरान उपमहानगरपालिकाले ८३ करोड ४ लाख रुपैयाँ बजेट पाएको छ ।

नगरपालिकाहरुमध्ये सबैभन्दा बढी बजेट वराहक्षेत्र नगरपालिकाले ६२ करोड ७५ लाख रुपैयाँ पाएको छ ।

यता गाउँपालिकाहरूमध्ये सबैभन्दा बढी कोशी गाउँपालिकाले ३९ करोड ६८ लाख रुपैयाँ पाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button