तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा सरकारी तथा निजी विद्यालयमा पुस्तक अभाव

पाल्पा । नयाँ शैक्षिक सत्र सुरु भएको तीन हप्ता बितिसक्दा समेत पाल्पामा सरकारी तथा निजी विद्यालयका पाठ्यपुस्तकहरूको अभाव भएको छ । स्थानीय निर्वाचनमा मतपत्र छपाइ तथा पुस्तक छाप्ने पेपरको चरम मूल्य वृद्धिले को कारणले जनक शिक्षा सामाग्री केन्द्रले पुस्तक छपाइ गर्न नसकेको व्यवसायीहरूको बुझाई छ । 

निजी प्रकाशनहरूको हकमा साना प्रकाशनहरू पेपरमा भएको मूल्य वृद्धिको कारण नै पुस्तक छपाई गर्न नसक्नुको प्रमुख कारण रहेको छ । पुस्तकको मूल्य वृद्धि गर्नका लागी सरकारले मापदण्ड बनाएका कारण प्रकाशनहरूले आफु खुसी मूल्य वृद्धि गर्न पाउँदैनन् । 

जिल्लामा हालसम्म सरकारी तर्फ जनक शिक्षा सामाग्री केन्द्रको कक्षा ४ को स्वास्थ्य, कक्षा ५ को नेपाली र सामाजिक कक्षा ६ को नेपाली, अङ्ग्रेजी र स्वास्थ्य त्यस्तै कक्षा ८ को नेपाली ,अङ्ग्रेजी,सामाजिक,पेसा र स्वास्थ्य अभाव रहेको पुस्तक व्यवसायीहरू बताउन् । 

त्यस्तै कक्षा ९ को नेपाली, अङ्ग्रेजी, सामाजिक कक्षा १० को नेपाली अङ्ग्रेजी र सामाजिक अभाव छ । माग गरेको कुनै विषय ५० प्रतिशत त कुनै विषय ५ प्रतिशत पुस्तक मात्र जिल्लामा भित्रिएको व्यवसायी रामप्रसाद पन्थीले बताउनुभयो ।  

त्यस्तै जिल्लामा निजी विद्यालयमा निजी प्रकाशनका पुस्तक समेत अभाव छन् । जिल्लामा विद्यार्थी प्रकाशनको विज्ञान तथा प्रविधि कक्षा २, ३, ७ र ९ को अभाव छ । त्यस्तै अठराइ प्रकाशनको अङ्ग्रेजी कक्षा ४, ५, ६ र ७ अभाव रहेको छ । 

जिल्लामा सञ्जीवनी प्रकाशनको हेल्थ पुस्तक समेत अभाव रहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ पाल्पाका अध्यक्ष किशोर भट्टराईले जानकारी दिनुभयो । निजी प्रकाशनको बेदान्त प्रकाशनको कक्षा ७ र ९ गणित विषय समेत जिल्लामा पाइएको छैन । निजी प्रकाशनको अठराइ प्रकाशनको अङ्ग्रेजी ग्रिन प्रकाशनको विज्ञान तथा क्रीयटिभ प्रकाशनको अङ्ग्रेजी विषय समेत बजारमा छैन । 

विशेष गरी कक्षा ४, ७ र ९ का पुस्तक परिवर्तन भएकाले यी कक्षाका लगभग सबै पुस्तक अभाव छन् । ५ प्रतिशत पनि नआएको जनक शिक्षाको कक्षा ६ को स्वास्थ्य र नेपाली कक्षा ८ को नेपाली,अङ्ग्रेजी,पेसा र स्वास्थ्य अभाव रहेको छ । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय रुपन्देहीका कार्यालय प्रमुख भैरव बाबु पन्तले यस क्षेत्रमा मात्र नभई अन्य जिल्लाहरूमा समेत पुस्तक पर्याप्त नभएको बताउनुभयो । उहाँले माग अनुसार केन्द्रबाटै पुस्तक पर्याप्त नआएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button