बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

मकवानपुर।बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी र अन्य दलका नौ जना प्रदेशसभाका सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । बैठकमा नेकपा (एमाले)का तर्फबाट सात जना, विवेकशील साझा पार्टीका एक जना र नेमकिपाका एक जना गरी नौ जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो ।
उहाँहरूले सरकारको नीति तथा कार्यक्रमको १५ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराउनु भएकोमा बहुमतले अस्वीकृत भएपश्चात् प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
उक्त नीति तथा कार्यक्रम गत जेठ १६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारकोतर्फबाट सदनमा प्रस्तुत गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्