तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रकाे एकल बहुमत

गोरखा । जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रकाे एकल बहुमत भएको छ । जिल्ला भित्रका ११ वटा पालिका मध्ये ९ पालिकामा विजय हासिल गरेको माओवादीमा १५ मत रहेको छ । जिसस प्रमुख लगायतको समिति गठनका लागि कूल मतसँख्या २२ रहेको छ । नेपाली काँग्रेससँग ७ मत रहेको छ ।

कसलाई प्रमुख बनाउने भन्ने विषयमा माओवादीमा एकिन हुन सकेको छैन । जिसस गठनका विषयमा छलफलका लागि जेठ २२ गतेलाई बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन भएको एक महिनामा जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन भइसक्नुपर्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button