तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व राष्ट्रपतिको निधनमा अल्बानियामा राष्ट्रिय शोक घोषणा

तिरान । अल्बानियामा बिहीबार एक दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । 

पूर्व राष्ट्रपति बजर निशानीको निधनमा राष्ट्रिय शोक घोषणा गरिएको सरकारी अधिकारीले जनाएका छन् । कोरोना भाइरसका कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न भएर ५५ वर्षकै उमेरमा उहाँको निधन भएको हो । 

सङ्क्रमणपछि विभिन्न रोगबाट ग्रसित भएका उहाँलाई थप उपचारका लागि जर्मनी लगिएको थियो । उहाँको त्यहीँ गत शनिबार निधन भएको थियो । 

देशका छैठौ राष्ट्रपति निशानीको सम्मानमा राष्ट्रिय शोक घोषणा गरिएकाले देशभरि सबै औपचारिक कार्यक्रम बन्द गरिएको छ । 

उहाँको अन्त्येष्टिको बेलामा झण्डा झुकाइएको थियो भने उहाँलाई राज्यको तर्फबाट दिनुपर्ने विभिन्न सम्मानहरू पनि दिइएको थियो । 

उहाँको निधनप्रति दुःख व्यक्त गर्दै वर्तमान राष्ट्रपति इलिर मेटाले शोक वक्तव्य दिनुभएको छ । उहाँलाई राज्यको तर्फबाट दिइने सबैभन्दा ठूलो सम्मान पनि दिइएको छ । 

स्वर्गीय निशानीले सन् २०१२ देखि २०१७ सम्म पाँच बर्ष अल्बानियाको राष्ट्रपतिको भूमिका निर्वाह गर्नु भएको थियो । त्यसअघि उहाँ डेमोक्रेटिक पार्टीबाट सांसद हुनुभएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button