तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न माग राख्दै हरिपुर्वा नगर प्रमुखलाई जनमत पार्टीले बुझायो ज्ञापन पत्र

सर्लाही । जनमत पार्टी हरिपुर्वा नगर कमिटीले विभिन्न माग राख्दै हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद साहलाई ज्ञापन पत्र बुझाएको छ ।

जनमत पार्टी हरिपुर्वा नगर कमिटीले अविलम्ब स्थानीय ऐन कानुन निर्माण, नगर भित्रका सरकारी विद्यालयमा अङ्ग्रेजी तथा नेपाली माध्यमा पठन पाठन गराउने, वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न युवाहरूलाई रोजगारीको ग्यारेन्टी, कृषकहरूको लागि किसान कार्ड, उपदान, बिउ बिजन, खाद्य मल, कृषि औजार, प्राविधिक क्षमता अभिवृद्धि तथा बजार व्यवस्थापनको ग्यारेन्टी लगायतको विभिन्न मागहरू राख्दै नगर प्रमुख साहलाई ज्ञापन पत्र बुझाइएको जनमत पार्टी, नगर कमिटी हरिपुर्वाका अध्यक्ष दिनेश राय यादवले जानकारी दिनुभयो ।

पार्टीले योजना शाखाबाट विभिन्न योजनाका फाइलहरू हराइरहेको भन्दै शाखामा दर्ता बुक राख्नको लागि समेत माग गरेको छ । हरिपुर्वा नगरपालिका स्थापना भएदेखि हालसम्मको करार सेवामा नियुक्त गरिएका कर्मचारीहरूको विवरण माग गरिएको अध्यक्ष यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button