तपाईँ सुन्दै हुनुहुन्छः

चतराबाट ३ सय ५० केजी गाँजा बरामद

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका चतराबाट प्रहरीले ३ सय ५० केजी गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी नदीको किनारमा बालुवामा छोपेर राखिएको अवस्थामा सशस्त्र प्रहरी बलले उक्त गाँजा फेला पारेको हो ।

गस्ती टोलीले बालुवाभित्र लुकाएर राखिएको ११ वटा बोराभित्र ३ सय ५० केजी गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उक्त गाँजा भोजपुर तथा धनकुटाको दक्षिणी क्षेत्रबाट ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गाँजा कहाँबाट, कसले ल्याएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button