तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णपुर नगरपालिकाले २४ सैँ घण्टे स्वास्थ्यचौकी सञ्चालन गर्ने

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य चौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउने भएको छ । आगामी असार १ गतेदेखि स्वास्थ्य चौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको हो । 

स्वास्थ्य चौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो । 

प्रसूति सेवासहित अन्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सेवा २४ सै घण्टा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर विष्टले बताउनु भएको छ ।

यस्तै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल सञ्चालनमा रहेका सेवालाई नै नियमित २४ घण्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button