बडिमालिका माताको दर्शन गर्न राष्ट्रपति भण्डारी बाजुरामा

बाजुरा । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थलका रुपमा बडिमालिका मन्दिरमा पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज बाजुरा पुग्नु भएको छ । प्रत्येक बर्ष गंगादसहराको दिन अर्थात् आज बडिमालिकामा भव्य पूजा सरिक हुन र बडिमालिका माताको दर्शन गर्न राष्ट्रपति भण्डारी आउनु भएको हो ।
राष्ट्रपति भण्डारी धार्मिक भ्रमणको सिलसिलामा बडिमालिका मन्दिरमा हेलिकप्टर मार्फत पुग्नुभएको प्रहरीले जनाएको छ । बुधवार ७ बजेर ३० मिनेटमा बजे नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा पुग्नु भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताउनुभयो ।

अनौपचारिक भ्रमणको सिलसिलामा हिजो मङ्गलवार काठमाडौँबाट सुर्खेत पुग्नुभएकी राष्ट्रपति भण्डारीले हिजो पर्यटकीय स्थल काँक्रेविहार अवलोकन गर्नु भएको थियो ।
गंगादशहराको दिन लाग्ने बाजुराको बडिमालिकामा राष्ट्र प्रमुखहरू बिधिवत रुपमा पूजा भर्न आउने गरेको इतिहास रहेको छ । यस अघिका वर्षहरूमा हरेक बर्ष लाग्ने मेलामा देशका राष्ट्र प्रमुख र उच्च पदस्थ व्यक्तित्वहरू पूजामा सरिक हुने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्