तपाईँ सुन्दै हुनुहुन्छः

झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा

काठमाडौँ । झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ ।

सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत सोमबार वीरगन्ज यूथ एकेडेमीलाई ५–० गोल अन्तरले हराउँदै झापा बढुवा भएको हो । झापा एक खेल अगावै बढुवा भएको हो । झापाले लिगको अन्तिम खेल स्वयम्भू फुटबल क्लबसँग खेल्नेछ ।

एन्फा कम्प्लेक्स सात दोबाटोमा झापालाई जित दिलाउन पूजन राईले ह्याट्रिकसहित ४ गोल गरे । सन्तोष लावतीले एक गोल थपे । जितसँगै झापाले १२ खेलमा ३१ अङ्क जोडेको छ ।

झापा शीर्ष स्थानमा समेत उक्लिएको छ । यस हारसँगै वीरगन्ज रेलिगेसनमा परेको छ । वीरगन्ज ५ अङ्क जोडेर १३ औँ स्थानमा रहेको छ । यस अघि ओसिस क्लब रेलिगेसनमा परिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button